नेकपा एमालेका अध्यक्ष ओली र राप्रपा नेता बिच भेटघाट

कालिकोट । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग आज भेटघाट गरेका छन्।नेकपा एमालेको ११औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सम्बोधन गर्न पुगेका अध्यक्ष ओलीले राप्रपाका गण्डकी प्रदेशका संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेट गरेका हुन्।भेटमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि नेकपा एमाले, माओवादीसहितको गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले जानकारी दिएका छन्।चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशमा सरकार गठनको विषय अन्योल  छ।राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्नसक्ने सङ्केत गरेसँगै एमाले–माओवादी गठबन्धन सो पार्टीलाई आफ्ना पक्षमा ल्याउन क्रियाशील बनिरहेका अवस्थामा अध्यक्ष ओलीले राप्रपा नेतालाई भेटेर सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका हुन्।

 

error: Content is protected !!