दोलखामा होस्टेलको ५ तलाबाट हाम फालेकी युवतीको मृत्यु

कालिकोट । दोलखामा होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत युवतीको मृत्यु भएको छ।हिजो दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्।उनको राति ‍११ बजे उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

error: Content is protected !!