लुम्बिनी प्रदेशमा मुख्‍यमन्त्री चौधरीको  राजीनामा 

कालिकोट । लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्।आज दिउँसो प्रदेशसभा बैठकमा सम्बोधनपछि उनले राजीना दिएका हु्न् ।लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो। दुईपटक दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मत नपुग्‍ने देखेपछि उनले आज राजीनामा दिएका हुन्।हाल लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, सभामुखबाहेक माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद रहेका छन्।

 

error: Content is protected !!