पुर्व पर्यटनमन्त्री जीवन बहादुर शाही विरुद्ध भ्रष्टचार मुद्दा

कालिकोट । पुर्व पर्यटनमन्त्री जीवन बहादुर शाहीले कानुनविपरीत डेढ अर्ब भुक्तानी गरेको पाईएको छ । भ्रष्टाचार मुद्दा चलाइएका प्रतिवादी शाहीले बैंक जमानत सुरक्षण बिनानै प्रतिवद्धता शुल्क दिने मन्त्रीस्तरीय निर्णय गरेको पाइएको हो ।तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री शाहीले विमान खरिद कार्य प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र सो अन्तर्गत बनेको सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत रहेको तथ्यलाई अनदेखा गरी नेपाल वायुसेवा निगमलाई गैरकानूनी हानी पुर्‍याउने कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ ।उनले बदनियत साथ सम्झौता पत्रमा कानुन विपरीतको मूल्य वृद्धिको सर्त र विमानको प्रमुख प्राविधिक विशिष्टता भारवहन क्षमतालाई बदर गराउनुपर्ने वा सच्याउनु पर्नेमा उल्टै मन्त्रीस्तरीय निर्णय गरेर वैधानिकता दिएको आयोगले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख रहेको छ । मन्त्री शाहीले प्रस्तावदाता र निगमका कर्मचारीरपदाधिकारीसँगको मिलेमतोमा आपूर्तिकर्तालाई अमेरिकी डलर एक करोड ३३ लाख ८८ हजार एक सय नौ रुपैयाँ ६० पैसा अर्थात एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा बढी भुक्तानी गरेको अभियोग छ ।

 

error: Content is protected !!