कालिकोट । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरिएको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरिएको बताईएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आउँदो २७ गतेसम्मलाई समय दिइएको छ ।