कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शर्माले आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। संघमा सत्ता गठबन्धन परिवर्तन भए संगै कर्णाली प्रदेशमा एमालेको नेतित्वमा सरकार गठन गर्ने कुरा निर्णय भएको थियो । संघमा गठबन्धन फेरबदल हुनेबित्तिकै प्रदेशमा पनि त्यसको असर पर्नु संघीयताको मर्म र भावना विपरीत हुने भएकाले राजिनामा दिएको मुख्यमन्त्री शर्माले सम्बोधनमा भनेका छन । ‘सामन्ती एकात्मक मानसिकता राखेर गठबन्धनको नाममा सत्ताको खेल भइरहनाले, विश्वासको संकट भइरहने दलीय प्रणालीले संघीयतालाई नै कमजोर हुने उनि बनाउँछ । म रोष्ट्रममा आउँदै गर्दा विश्वासको मत लिने परिवेश बदलिएको छ । म अहिले विश्वासको मत लिन गइरहेको छैन। यस प्रकारको राजनीतिक परिस्थितिमा मैले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा रहिरहन उपयुक्त नदेखिइ आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले भने। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) लाई दिने सहमति छ।