कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकामा मिनि ट्रक दुर्घटना भएको छ । बुधवार लालीघाट वजारवाट खाध्यान्नको सामान लिएर गाउँपालिका केन्द्र जाँदै गरेको ना ४ ख ७५३८ नम्बरको मिनि ट्रक दिउसो करीव ३ः१५ गाउँपालिकाको वडा नं १ पर्ने चौथीकोट भन्ने ठाउँमा दुर्घटना भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदिप बोहोराले बताए । उक्त ट्रकमा ७ जना सवार रहेकोमा सान्नित्रिबेणी गाउँपालिका–८ मुम्रा घर भई माईतिघर जाँदै गरेकी किट्टी बिश्वकर्मा सामान्य घाइते भएको र अरु सवै सकुुसल रहेको प्रवक्ता बोहोराले जानकारी दिएका छन् ।