विद्यालयको नाम नेपालीमा नराखे विद्यार्थी भर्ना रोक्ने महानगरपालिकाको चेतावनी

कालिकोट । काठमाडौं महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्किने गरी विद्यालयको नामकरण प्रक्रिया अघि नबढाए विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएको छ।महानगरपालिकाले आज एक सूचना जारी गिरी नेपालीपन झल्किने नाम राख्ने प्रक्रिया अघि बढाउन विद्यालयहरूलाई निर्देशन दिएको छ ।महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमविपरीत देखिएको भन्दै सात दिनभित्र महानगरमा सम्पर्क गर्न निर्देशन दिइएको हो । यो अवधिमा मौलिक नाम राख्ने प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने महानगरले जनाएको छ।महानगरले शिक्षा नियमावली, २०५९ ९संशोधन सहितको नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।

 

error: Content is protected !!