कालिकोट । बागमती प्रदेश सरकारमा एमालेबाट ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।आज दिउँसो प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेलले वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शपथ लिएका हुन्।चारैजनालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन्। २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीनजना मन्त्री पुरानै अनुहार हुन् भने प्रकाश श्रेष्ठ पहिलोपटक मन्त्री बनेका हुन्।मुख्यमन्त्री जम्कट्टेलले नयाँ सत्ता समीकरणअनुसार बागमतीमा चौथोपटक सरकार विस्तार गरेका हुन्। यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री र १७ चैतमा नेकपा एमालेका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए ।