रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गर्दै निकाल्यो जित

 

कालिकोट । इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेट खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार जित निकालेको छ।घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा यस सिजनको तेस्रो हार मुम्बईले ६ विकेटमा व्यहार्यो। मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।​राजस्थानको जितमा रियान परागले ५४ रनको अर्धशतकीय इनिङ खेले भने ​रविचन्द्रन आश्विनले १६ रन बनाए। जोस बटलरले १३ तथा कप्तान सन्जु सामसनले १२ रन बनाए।मुम्बईका लागि आकाश मठवालले ३ तथा कउइना मफाकाले १ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो।त्यस्तै मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २३४ रन बनाए। तिलक बर्मा ३२ रनमा आउट भए।