कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै

 

कालिकोट । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दै छ।बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।उनका अनुसार इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो। प्रदेश सभातर्फ बझाङ( १ ‘क’ मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुने भएको छ।वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन बैठक बसन लागेको बताईएको छ ।

error: Content is protected !!