दहचौर–भडगाउँ सडक खण्ड स्तरोउन्नतीको काम सुरु हुदै ।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका भित्र पर्ने दहचौर भडगाउँ सडक खण्डको स्तरोउन्नती हुनेभएको छ । सोमवार वडा नं ६ का वडा अध्यक्ष दिप बहादुर शाही (दर्शन), इन्जिनियर नरेन्द्र प्रसाद चौलागाई वडा प्राविधिक धिरेन्द्र बहादुर शाही लगाएतको उपस्थितिमा सडक खण्ड स्तरोउन्नतीको काम अगाडी बढाइएको छ । जसमा १२० जना स्थानिय कामदारले काम गर्ने भएका छन् । उक्त सडक स्तरोउन्नतीको लागी शुभकालिका गाउँपालिका र स्थानीय पुर्वाधार सहयोग कार्यक्रमको ४५ लाख रकम रहेको छ । सडक स्तरोउन्नती हुने भए पछी स्थानिय वासीहरु पनि आवात जावतमा सहज हुने भन्दै खुसी भएका वडा अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

error: Content is protected !!