आज परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फर्किँदै

कालिकोट । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किँदै छन्।भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनिया समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरे।बेइजिङमा रहँदा श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरे यस क्रममा उनले चिनिया व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए। यसैदौरान उनले चीनकै दक्षिण पश्चिमी शहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरे। श्रेष्ठ र चिनिया कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भयो। भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताएका छन्।