कालिकोट । सिरिया र लेबनानमा इजरायलले ठूलो हवाई हमला गरेको छ।आक्रमणमा ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानाकारी दिएका छन्।सिरियाको एलेप्पो प्रान्तमा भएको आक्रमणमा ४३ जनाको मृत्यु भएको छ भने लेबनानको बाजौरिया क्षेत्रमा लेबनानी हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएका छन्।गाजासँगको युद्धमा इरानले हमासको समर्थन गरेको भन्दै इजरायलले सिरिया र लेबनानी हजबुल्लाह लडाकुमाथिको आक्रमण तीव्र पारेको हो।