संवैधानिक परिषदको बैठक आज बस्दै

कालिकोट । संवैधानिक परिषदको बैठक आज बस्दै बस्ने भएको छ।संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको बताईएको छ। बैठक आज बिहान ९ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।आजको बैठकमा केही संवैधानिक परिषदका पदाधिकारी नियुक्तिको सम्भावना रहेको छ। यही विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो।नयाँ सत्ता समीकरण बनेपछि पहिलोपटक ओली र देउवा एकैसाथ बालुवाटार पुगेका थिए। प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्।

 

error: Content is protected !!