कालिकोट । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी(२० सिरिजमा नेपाल पराजित भएको छ।आज भएको सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएसँगै एक खेल बाँकी छँदै आयरल्याण्ड वुल्भ्सले सिरिज जितेको हो।त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड वुल्भ्सले दिएको २२५ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७.५ ओभरमा १८४ रन बनाएर अल आउट भयो।नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाएका छन्। उनले २५ बलमा ७ चौका प्रहार गरेका थिए।