मुग्लिन नजिकैको त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजनाको ज्यान गयो

कालिकोट । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिननजिकैको त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीले पाँचजनाको शव फेला परेको जानकारी दिएका छन् । उनका अनुसार तीन महिला, एक पुरुष र एक बालकको शव भेटिएको हो। तर उनीहरूको परिचय खुलेको छैन।चितवनको इच्छाकामना गाउँपालिका(५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक आज बिहान सवा ७ बजे बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।

error: Content is protected !!