आयरल्याण्डविरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल

कालिकोट । टी (२० श्रृङ्खला अन्तर्गत आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो दिउँसो १ बजे शुरु हुने भएको छ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल पराजित भएको छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो ।जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। नेपालका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ सतकिय पारी खेले पनि जित दिलाउन सकेनन् भने जितसँगै आयरल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ।