कालिकोट । सिराहामा एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थी पक्राउ परेका छन् । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको उनको भनाइ छ ।आज नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको थाहा भएको छ ।