निजी विद्यालयको नाम नेपालीमै राख्न काठमाडौं महानगरले दियो एक महिनाको समय

कालिकोट । निजी विद्यालयको नाम नेपालीमै राख्न काठमाडौं महानगरपालिकाले एक महिनाको समय दिएको छ।हिजो एक सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी विद्यालयलाई एक महिना समय दिएको बताएको छ ।महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।