कालिकोट । होलि मनाएर कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव १६ किलोमिटर तल भेटिएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले आज अपराह्न उनको शव फेला परेको जानकारी दिएका छन्।टिकापुर नगरपालिका २ स्थित नदीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको हो। शाहीका आफन्तले शवको सनाखत गरेका छन्।