रास्कोट नगरपालिका र स्वास्थ्य बिमा बोर्ड बिच ऐतिहासिक सम्झौता

कालिकोट। जिल्लाको राष्कोट नगरपालिकामा नगरपालिका सरकार र स्वास्थ्य  बिमा बोर्ड बिच ऐतिहासिक सम्झौता भएको छ । नगरपालिका भित्रका जनताहरुको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै स्वास्थ्य बिमा बोर्ड बिच सम्झौता भएको हो । रास्कोटका नागरिकहरुले रु. १(एक) लाख सम्मको स्वास्थ्य सुविधा निःशुल्क लिन सक्ने छन् । स्वास्थ्य बिमाका लागि नागरिकले तिर्नुपर्ने प्रिमियम नगर सरकारले तिर्ने नगरप्रमुख धर्मराज शाही (पोषण)ले बताउनु  भएको छ ।स्वास्थ्य नै धन हो भन्ने कुरालाई आत्मसाथ गर्दै कालिकोट जिल्ला अस्पताल पछि नगरपालिकामा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको शाहीको भनाई छ ।

error: Content is protected !!