कालिकोटमा ३ हजार ७३६ जना परीक्षार्थी एसईईमा सहभागी

कालिकोट । जिल्लामा ३ हजार ७३६ जना विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी हुँदैछन् । माध्यमिक शिक्षा परीक्षा एसईईमा २४ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा १ हजार ८९४ जना छात्र र १ हजार ८४२ छात्राले आज एसईई दिन लागेका शिक्षा विकास तथा इकाई कार्यालय कालिकोटका निमित्त प्रमुख प्रकाश चन्द्र धितालले बताएका छन । परीक्षा आगामी चैत्र २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने निमित्त प्रमुख धितालले जानकारी दिएका छन । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि भने विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान रहेको छ ।

error: Content is protected !!