कालिकोट । वनमा आगलागी हुँदा जलेर ज्यान गुमाएका परीवारलाई कालिकोट समाज दक्षिण कोरीया द्धारा सहयोग । गएको चैत्र २ गते शुक्रवार बाख्रा चराउन वनमा गएका वेला खाँडाचक्र नगरपालिका वडा नं ५ गाम्दीमा पर्ने नवदुर्गा सामुदायीक वनमा आगलागी हुँदा सोही वडाका वर्ष ५० का नन्दलाल चौलागाई र उनकी छोरी ११ वर्षीय हेमन्ती चोलागाई भाग्दा भाग्दै जलेर सक्त घाइते भएका थिए । उनिहरुको उपचारको लागी कालिकोट समाज दक्षिण कोरीयाको पहलमा सहयोग जुटाउने अभियान सुरु गरीएको थियो । अहीले उनिहरुको उचारका क्रममा मृत्यु भइसकेको छ भने उनिहरुको नाममा संकलन भएको १ लाख १६ हजार ४ सय २० रुपैया मृतकका आफन्तको खातामा जम्मा गरीएको अध्यक्षगोपाल शाहीले बताएका छन । उक्त रकम ४० जना सहयोगी मनहरुले सहयोग गरेका बताइएको छ । पछिल्लो समय कालिकोट समाज दक्षिण कोरीया यस्ता खाले विभिन्न समस्याको सारथी बन्दै गएको छ । यो समाज गठन भएदेखी अहीले सम्म थुप्रै समस्यामा परेका नागरीकहरुलाई सहयोग गरीसकेको छ ।