कालिकोट । मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको बताईएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना मा खाद्यान्न १६ प्रतिशतले घटेर ३२ अर्ब २९ करोड ९६ लाख रुपैयाँ बराबरको आयात भएको छ।मुलुकमा अधिकांश वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत कमी आएको हो । गत वर्षको तुलनामा चामल, धान र मकैको आयातमा कमी आएको छ। आन्तरिक उत्पादन वृद्धिसँगै बजारमा खाद्यान्नको माग कम हुँदा आयातमा समेत कमी आएको बताईएको छ ।