आज बाट कक्षा १०को एसईई परीक्षा सुरु

कालिकोट ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ।आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको कार्यतालिका रहेको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ भने पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने भएको छ।यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षामा सामेल हुन फाराम भरेका छन्। ती मध्ये ४ लाख ८० हजार परीक्षार्थीले प्रवेश पत्र लिइसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन्।