सरकारी कागज चोरेको अभियोगमा दुईजना पक्राउ

कालिकोट । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी कागजातहरू चोरी गरेका दुई जनालाई पक्राउ गरेको छ।चोरीमा संलग्न पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुवीर थापा मगर र २९ वर्षीय सरोज थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन्भने दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।गत चैत १२ गते राति करिब साढे तीन बजेको समयमा पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको पोखरा महानगरपालिकाको भण्डारको रूपमा रहेको र हाल सहरी स्वास्थ्य केन्द्रको भवनबाट कागजात चोरी भएका थिए।

error: Content is protected !!