गठबन्धनलाई समर्थन गर्ने नाउपाको निर्णय

कालिकोट । नागरिक उन्मुक्ति पार्टी नाउपाले एमाले(माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। आज नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको बताईएको छ ।संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिएका छन् ।२१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए।प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन्।

 

error: Content is protected !!