कालिकोट । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ।मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा समस्या देखिएको भन्दै कार्यक्रम स्थगित गरेको जनाएको छ। यसका लागि गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको, विगतका कार्यक्रमको प्रभावकारिता नभएको भन्दै मन्त्रालयले यस आर्थिक वर्षको कार्यक्रम स्थगित गरेको बताईएको छ ।मन्त्रालयले विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनका लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको जनाएको छ।