कालिकोट । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । बैठक भोली बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टीका सचिव देवेन्द्र पौडेलले बताएका छन । सचिव पौडेलका अनुसार उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ । ‘उपनिर्वाचनको तयारी, प्रदेशको सिट बाँडफाँट लगाएतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने । वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको कोशी प्रदेश इन्चार्ज हर्क नेम्वाङले दिएका छन्