कालिकोटमा निःशुल्क कान स्वास्थ्य सेवा शिविर संचालन

कालिकोट । जिल्ला अस्पताल कालिकोटमा निःशुल्क कान स्वास्थ्य सेवा शिविर संचालन भएको छ । नेपाल नेत्र जोति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग,बि.एन नेपाल सामुदायीक कान स्वास्थ्य सेवा र सिद्धार्थ अस्पताल नेपालगंज( बाके)को प्राविधिक सहयोग तथा स्वास्थ्य सेवा कार्यालय कालिकोटको समन्वयमा शिविर आयोजना गरीएको हो ।

सोमवारवाट सुरु भएको निःशुल्क शिविरमा जिल्लाका २ सय ३७ जना विरामी सेवा लिनका लागी आएका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भयो । उहाँका अनुसार कुल विरामी मध्य २१ जनालाई श्रवण यन्त्र वितरण गरीएको, ३१ जनालाई दोश्रो चरणमा बैसाख ३ गते देखी ८ गते सम्म संचालन हुने अप्रेसन सेवामा अप्रेसन गरीने र जटिल समस्या भएका ९ जना विरामीलाई अप्रेसनको लागी नेपालगंज रेफर गरीएको छ ।

यस्तै भोली देखी जिल्लाको खाँडाचक्र नगरपालिका–५ दाँहा हेल्थपोष्ट मोल्फामा पनि शिविर संचालन हुने पनि जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनु भएको छ ।