कालिकोट । माओवादी केन्द्रको जनवर्गीय सङ्गठन सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशकोे सम्मेलन सम्पन्न भएको छ । सोमबार विरेन्द्रनगर सुर्खेतमा “आर्थिक समृद्धि र समाजवादको आधार निर्माणमा सहकारी संगठन, संविधान कार्यान्वयन र सहकारी सुशासनका लागी प्रथम कर्णाली सम्मेलन” भन्ने मुल नाराका साथ आयोजित सहकारी केन्द्र नेपाल कर्णाली प्रदेशको प्रथम प्रदेश सम्मेलन मार्फत अध्यक्षमा कालिकोटका जय बहादुर महतारा चयन भएका हुन । सम्मेलनले कर्णाली प्रदेशको ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षमा नर बहादुर खड्का रुकुम पश्चिम, मणिचन्द्र कार्की मुगु, जंग बहादुर रोकाया डोल्पा, पदमा बिष्ट सचिव सुर्खेत, महेन्द्रराज शर्मा सह सचिव जाजरकोट, डिल्ली प्रसाद शर्मा कोषाध्यक्ष दैलेख लगायत सदस्य रहेका छन । (माओबादी केन्द्र)का स्थायी समिति सदस्य तथा सहकारी बिभाग इन्चार्ज लिलामणी पोखरेलको प्रमुख आतिथ्यमा भएको सम्मेलनले महताराको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटि चयन गरेको हो । उक्त सम्मेलनमा कर्णाली प्रदेशका बिभिन्न १० जिल्लाबाट प्रतिनिधिहरुको सहभागीता रहेको थियो सम्मेलनमा (माओबादी केन्द्र)का स्थायी समिति सदस्य तथा बिभाग इन्चार्ज पोखरलले समाजबाद निमार्णको पहिलो आधार सहकारी भएको बताएका छन । त्यस्तै माओवादी केन्द्र कर्णाली अध्यक्ष बिमला केसीले सरकारको समाजबाद निमार्णको अभियानमा सहकारीको भुमिका महत्वपुर्ण रहने बताइन ।