कालिकोट । देशका विभिन्न स्थानमा चारजना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालय काठमान्डौँका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं २ कृषेपु बस्ने ५० वर्षीय खड्ग बहादुर कार्की आफ्नै घरमा आज मृत अवस्थामा फेला परेका छन् । यसैगरी संखुवासभाको मकालु गाउँपालिका वडा नं ५ राई गाउँ बस्ने ६६ वर्षीय हरि प्रसाद राई सोही ठाउँस्थित सुसम्बा भिरमा आजै मृत अवस्थामा फेला परेका छन् । हिजो बाख्रा चराउन गएका घर नफर्किए पछी खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । दोलखाको मेलुङ गाउँपालिका वडा नं ७ सितली ज्यामिरेस्थित पाखामा पनि एक पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दोलखाकै भिमेश्वर नगरपालिका वडा नं २ तामाकोशी नदीमा अन्दाजी ३१ वर्षीया महिला पनि मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।