कालिकोट । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमवार बिहान मेल्लेख गाउँपालिकामा सु.प्र ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिएका छन । प्रहरी निरीक्षक साउँदका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना के कारणले भएको भन्ने नभइसकेको उनले बताए ।