ललितपुरमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या ।

कालिकोट । आइतवार राति ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको हत्या भएको भएको छ । मृतक अन्दाजी २८ वर्षीय पूजन राई र रोबस राई छन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनीहरूमाथि छुरा प्रहार भएको एसपी सुवेदीले जानकारी दिए। राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई खबर भएको थियो। छुरा प्रहारबाट एक जनाको तिघ्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ। प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो । त्यसै क्रममा घटनामा संलग्न १८ जनालाई प्रहरीले राति नै नियन्त्रणमा लिएको बताएको छ। उनीहरूबीच के विषयमा झडप भएको भन्ने खुलेको छैन।

error: Content is protected !!