कालिकोट । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले अन्तीम युद्ध स्थल पिलिले पुन माओबादीलाई नयाँ उर्जा दिएको बताउनु भएको छ । आइतवार नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी कालिकोट जिल्लाको १४ औँ जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री भण्डारीले मुलुकको अधिकार प्राप्तीको प्रमुख नेतित्व गणतन्त्र नेपालका नायक प्रधानमन्त्री प्रचण्डले समालिरहनु भएको स्मरण गराउदै पिली हिजो युद्धको वेलामा नेतित्व गरेको अन्तीम मोर्चा रहेको धारण राख्नु भयो । पिलीको यद्ध जस्तै थुप्रै संघर्षबाट अहीले यो देशको शासनको बागडोर समाल्ने अवसर पार्टीलाई प्राप्त भएको हो उहाँले थप्नु भयो । यही भुमीमा सम्मेलन आयोजना हुँदा पिलि मोर्चाले थप नयाँ सन्देस र नयाँ उर्जा दिएको बताउनु भयो । उहाँले अव मुलुकलाई सम्बृधि र बिकाशका लागी नयाँ मोडेल दिने, नयाँ आविष्कार गर्ने युवाहरु चाहीएको पनि बताउनु भयो। हिमाली क्षेत्रमा एउटा विश्वविद्यालय अनिवार्य आवश्यक रहेकाले त्यो स्थापना गर्न अखिल क्रान्तिकारीले संकल्प गर्नु पर्ने बताउनु भयो । फरक प्रसंगमा पुर्व मन्त्री भण्डारीले हिजो विरामी पठाउने कर्णालीले अहीले डाक्टर पठाउने गरेको छ त्यो गणतन्त्र र माओवादी पार्टीको उपहार भएको समेत ब्याख्या गर्नुभएको छ ।