कालिकोट । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी कालिकोट जिल्लाको १४ औँ जिल्ला सम्मेलनको आइतवार उद्घाटन भएको छ ।
“रोजगारीको ग्यारेन्टीको लागी हाम्रो आन्दोलन, समाजवादी शिक्षा र सामाजिक सुरक्षा सहीतको अर्थ व्यवस्थाको पक्षमा १४ औँ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ माओवादी केन्द्रले सुरू गरेको शसस्त्र जनयुद्वको अन्तिम युद्व भएको ठाँउ पिलिमा सम्मेलन उद्घाटन भएको हो ।
सम्मेलन आयोजक समितिका संयोजक खगेन्द्र मल्लको सभाअध्यक्षता, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता संगठनका केन्दीय उपाध्यक्ष अमरजंग शाही, पार्टी केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला ईन्चार्ज नरेश भण्डारी, पार्टी केन्द्रिय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य जिवन बुढा,कर्णाली प्रदेश सांसद दुर्ग बहादुर रावत,
केन्द्रिय सदस्य लक्ष्मि प्रसाद चौलागाई गंगा खड्का, लक्षीकन्या बुढा, लगाएत दुई दर्जन बढी नेताहरुको उपस्थितिमा सम्मेलन उद्घाटन भएको हो । सम्मेलनमा जिल्लाका ९ वटै स्थानिय तहबाट सयाँै संख्यामा विद्यार्थी संगठनका पदाधिकारीहरुको सहभागीता रहेको थियो । सम्मेलनमा विभिन्न साँस्कृतिक कार्याक्रमहरु पनि प्रस्तुत भएका थिए ।
सम्मेलन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य भण्डारीले सरकार र सुसाशनको नेतित्व प्रधानमन्त्री प्रचण्डले गरी रहँदा उहाँलाई अन्तिम युद्व भएको ठाँउ पिलि मोर्चाले थप नयाँ सन्देस र नयाँ उर्जा दिएको बताउनु भयो ।
यस्तै प्रमुख अतिथि प्रथम मुख्यमन्त्री शाहीले राज्यको वजेटमा निस्चित मान्छेको रजाई भएको र त्यसको पुर्णरुपमा अन्त्य नभएसम्म देश नबन्ने बताउनु भयो ।
साथै उहाँले अहीले देशमा राष्ट्रियताको ठुलो समस्या रहेको र बिदेशी शक्तीहरुले विभिन्न क्षेत्रमा हस्तक्षप गरीरहेकाले त्यसका विरुद्ध एकतावद्ध भएर लड्नु पर्ने समेत बताउनु भएको छ ।