बोलेरो जीप दुर्घटना हुँदा हुम्लामा २ जनाको मृत्यु, ५ जना घाइते ।

कालिकोट । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । शनिवार गाउँपालिकाको केन्द्र श्रीनगरबाट बारीगाउँ जाँदै गरेको सु. ००१ ज ११८३ नम्बरको बोलेरो जीप वडा नं.४ मा पर्ने पान्स भन्ने ठाउँमा ३ः ५८ निमेटमा दुर्घटना परेको हो । दुर्घटनामा परी ओदानचुली गाउँपालिका वडा नं ५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका अन्दाजी १५ वर्षीय प्रवेश ऐडीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले बताए । उनका अनुसार बोलेरो जीप सडकबाट १०० मिटर तल खसेको हो । उक्त जीपमा चालक सहीत ९ जना सवार रहेको खुलेको छ । घाइते  ५ जना  जनाको अवस्था सिरियस रहेको सुचना अधिकारी चन्दले जानकारी दिएका छन ।घाइतेहरुको श्रीनगर स्वास्थ्य चौकी हुम्लामा उपचार भइरहेको छ ।

error: Content is protected !!