होली लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ, तीन हजार सुरक्षाकर्मी खटिने

कालिकोट । जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व अर्थात होली लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने बताएको छ। होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । होलीलाई लक्षित गरी उपत्यकामा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन्। होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो सङ्ख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए। अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

error: Content is protected !!