कालिकोट । चट्याङ लागेर बझाङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका वडा नं ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको र अन्य ७ जना घाइते भएका बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताएका छन । मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएका छन् ।उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।