समुदायमा सरकारी वकिल कार्यक्रम आयोजना

कालिकोट । जिल्ला अदालत कालिकोट र रास्कोट नगरपालिकाको आयोजनामा १ दिने “न्यायमा बाह्य पहुँच कार्यक्रम” र “समुदायमा सरकारी वकिल कार्यक्रम” आयोजना गरीएको छ । सरकारी वकील तथा कार्यालयको परिचय काम कारवाही बारे जानकारी दिने, अपराधको सूचना दिने, पीडित, साक्षीको सहायता, संरक्षणको समुदायलाई जानकारी गराउने, समुदायसँग प्रत्यक्ष सरोकार राख्ने कानून, कानूनी सहायता, कानूनी व्यबस्था बारेमा जानकारी गराउने उद्देश्यको साथ कार्यक्रम आयोजना गरीएको पत्रकार टिकाराज उपाध्यायले बताए । उक्त कार्यक्रममा नगर प्रमुख धर्मराज शाही(पोषण), नगर उप–प्रमुख मनिराज बराल, माननीय न्यायाधीश चन्द्र प्रकाश तिवारी, श्रेस्तेदार चन्द्र देव भारती, विभिन्न बडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, न्यायीक समिती, मेलमिलाप कर्ता लगाएत सम्पुर्ण कर्मचारीको उपस्थित रहेको जानकारी दिए ।

error: Content is protected !!