झरिउला हाल्न गएका १५ वर्षीय किशोर तिला नदीमा बेपत्ता

कालीकोट– जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ खल्लागाड स्थित तिला नदीमा किशोर बेपत्ता भएका छन् । शुक्रवार विद्यालयबाट फर्केर नदीमा माछालाई झरिउला हाल्न गएका सोही वडाको जुविथा निवासी वडा सदस्य तिर्थ बहादुर शाहीका छोरा अन्दाजी १५ वर्षीय गणेश शाही दिउसो २ः३५ बजे तिर नदीमा बेपत्ता भएका प्रहरी चौकी खल्लागाडका प्रहरी जवान सुर्य बहादुर बुढाथापाले बताएका छन् । उनीसँगै नदीमा माछालाई झरिउला हाल्न गएका साथीका अनुसार ढुङगामा चिप्लिएर गणेश बेपत्ता भएका बताइएको छ । जवान बुढाथापाल अनुसार बेपत्ता किशोरको गाल्जे र खल्लागाड प्रहरी चौकीको टोली र स्थानिय बासीको सहकार्यमा खोजी गरेपनि नभेटीए पछी रात परी सकेकाले अहीले खोजी कार्य स्थगीत भएको र भोली विहानबाट पुन खोजी कार्य अगाडी बढाउने बताए ।