पक्राउ परेका पूर्वसभामुख महरा रिहा 

कालिकोट । भेपमार्फत लुकाएर ल्याएको सुनमा संलग्नता रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा शुक्रवार रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसन्धान अधिकृतले गरेको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतमा छाड्न स्वीकृति दिएको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ बताएका छन । प्रहरीले महरालाई गएको चैत्र ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरेको थियो । सीआईबीले उन्मुक्ति दिएका महरालाई मुद्दा चलाउन १० वटा आधार रहेको प्रतिवेदनमा उल्लेख थियो ।