कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्ने महासचिव पोखरेल को भनाई

 

कालिकोट । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्ने बताएका छन् ।एमाले सुर्खेतको नवौँ अधिवेशन उद्घाटन गर्दै उनले एमाले नेताहरूको नेतृत्व गर्न पाउनुपर्ने कुरालाई नेकपा माओवादीका साथीहरूले स्वागत गर्नुपर्ने बताएका हुन् ।आफूले निरन्तरता पाउनुपर्ने भनेर माओवादी साथीहरू काठमाडौँ गएको कुरा सही नभएको भन्दै उनले नेतृत्वका लागि एमाले नेताहरूले पनि काठमाडौँ धाउन जरुरी नरहेको बताएका छन् ।