प्रभावकारी बन्दै मेयर हेल्थ कार्यक्रम एकै दिन १५४ जनाले पाए सेवा

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले सञ्चालन गरीरहेको मेयर हेल्थ केयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । “भरोसा होस नगर माथि गाउँघरमा स्वास्थ्यकर्मी साथी” भन्ने नाराका साथ पछिल्लो चरण नगरपालिकाले मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन गरीरहेको छ । बिहीवार वडा नं ८ को स्वास्थ्य चौकीमा नगर प्रमुख धर्मराज शाही (पोषण), स्वास्थ्य कर्मीहरु लगाएतको उपस्थितिमा हेल्थ केयर कार्यक्रम सञ्चालन गरीएको पत्रकार टिकाराज उपाध्यायले बताएका छन् । घर—घरमा एकीकृत सेवा दिने नीति तथा कार्यक्रम अनुसार वडा नं ८ मा १ सय १३ जना महिला र ४१ जना पुरुष गरी जम्मा १ सय ५४ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरीएको हो । जसमध्ये आयुर्वेद सेवा ९७ जना, भिडियो एक्सरे सेवा १५ जना र सुगर जाँच सेवा १० जनाले शिविरबाट सेवा लिएका पत्रकार उपाध्यायले जानकारी दिएका छन् । नगरपालिका भित्रका गर्भवती महिलाहरु, जेष्ठ नागरिक लगाएतका अन्य बिरामीहरुको लागि सुगर, प्रेसर परीक्षण जस्ता सेवाहरु नगरपालिकाले घरदैलामै पुगेर निःशुल्क प्रदान गर्ने गरेको छ ।