कालिकोट । समाचार छरीतो बनाउन जिल्लाका सम्पुर्ण पत्रकारका लागि सञ्चालन गरीएको दुई दिने आधारभुत पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ । यूरोपेली यूनियनको आर्थिक सहयोग, पलान इन्टर नेस्नलको सहकार्य तथा दलित महिला संघ (फेडो नेपाल) कालिकोटको आयोजनामा बुधवारबाट तालिम सञ्चालन गरीएको थियो । तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका २० जना पत्रकारको सहभागिता रहेको थियो । दुई दिने तालीममा जनता टेलिभिजनमा कार्यरत पत्रकार तिर्थराज न्यौपाने, नेपाल टेलिभिजनमा कार्यरत पत्रकार निर्मल अधिकारी लगायतले आधारभुत पत्रकारीता, फोटो पत्रकार, र टेलिभिजन रिपोर्टीङ सम्बन्धी आधारभुत कुराको बारेमा प्रशिक्षण दिनु भएको थियो । पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै दुरदराजका विपन्न नागरीकका आवाजलाई बुलन्द पार्न, समाजका कुपर्था कु–संस्कार जातिय विभेद महिला हिँसा जस्ता घटनालाई छिटो छरितो साथै प्रभावकारी बनाउने उदेश्यले तालीमको आयोजना गरिएको फेडो नेपालका जिल्ला संयोजक रमेश नेपालीले जानकारी दिनु भएको छ ।