नुन डिपो स्थापना भए पछी गाउँले खुशी, पहीलो दिन ४२० जनाले लिए सेवा

कालिकोट । जिल्लाको महावै गाउँपालिका वासीहरु घर नजिकैको नुन डिपोबाट सेवा लिन पाउँदा खुसी भएका छन । गाउँपालिकाले नागरीकको सहजताकोलागी गएको फागुन ३० गते खाडाचक्र नगरपालिकाको बिर्तामोडमा नुनु डिपो स्थापना गरेको थियो । डिपो स्थापना गरीए पछी आजबाट नुन बितरण भएको छ भने पहीलो दिनमै ४ सय २० जनाले जनाले सेवा लिएका छन ।

महावै गाउँपालिका को समन्वय र हिमचुली कृषि सहकारी संस्था लिमिटेडको साझेदारीमा गाउँपालिकाले साल्ट ट्रेडिङ कर्पोरेसन लि. वितरण केन्द्र बिर्तामोड मा स्थापना गरि सेवा सुचारु गरेको हो । । गाउँपालिकाको वडा नं १,२,३,४,६र ७ का ३ सय ९ जना वडा वासीहरुले बिर्तामोड डिपोबाट र वडा नं ५ गेलाका १ सय ११ जना नागरीकले पिली डिपोबाट सेवा लिएका वडा नं ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता शिवराज जैसी (रविकिरण)ले बताउनु भयो ।

आज पहीलो दिनमै ४० कुइन्टेल नुन बितरण भएको छ । यसरी नजिकैको डिपोबाट नुन लिन पाउदा नागरीकहरु अत्येन्तै उत्साहीत भएका अध्यक्ष जैसीले जानकारी दिनु भएको छ । यस अघि त्यहाँका नागरीकले पाँच प्याकेट नुन लिनकै लागी सदरमुखकाम मान्म धाउनु पर्ने बाध्यता रहेको थियो ।

error: Content is protected !!