जलेर घाइते ५० वर्षीय चौलागाईंको उपचारका क्रममा मृत्यु

कालिकोट । वनमा आगलागी हुँदा जलेर घाइते भएका नन्दलाल चौलागाइको उपचारको क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका वडा नं ५ गाम्दीमा पर्ने नवदुर्गा सामुदायीक वनमा आगलागी हुँदा २ जना सक्त घाइते भएका थिए । गएको चैत्र २ गते शुक्रवार बाख्रा चराउन वनमा गएका वेला आगो लाग्दा सोही वडाका वर्ष ५० का नन्दलाल चौलागाई र उनकी छोरी ११ वर्षीय हेमन्ती चोलागाई भाग्दा भाग्दै जलेर सक्त घाइते भएका हुन् । उनकी छोरी हेमन्तींको उपचारको क्रममा यसअघि नै मृत्यु भइसकेको थियो । गम्भीर घाइते भएका ५० वर्षीय चौलागाईं  भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बुधवार मध्यान्न  १२ः३० वजे उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रबार बेलुकी जुम्ला लगेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत पु¥याइएको थियो ।