कालिकोट । सत्तारुढ प्रमुख घटक नेकपा ((एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्नुपर्ने बताएका छन्। अघिल्लो सरकारले गरिबी ३ प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने सरकारको योजना हुने पनि बताएका छन्।पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले गरिबीलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि बताएका छन्।उनले जनताको दुःख,कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताएका छन्।अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।