राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिना एन्फाको टोली बहराइन

कालिकोट । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन गएका छन् । फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग भोलि चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू हिजो त्यसतर्फ गएका बताईएको छ ।बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट रहेका छन् । उदयपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री बहराइन गएका छन् ।